Logo

पूर्व युवराज पारश शाह फेरि विवादमा आए, ट्राफिक प्रहरीलाई यसरी थर्काए (भिडिओसहित)



काठमाडौं, १५ साउन । पूर्व युवराज पारश शाह बेला बेलामा विवादमा आईरहन्छन् । आज फेरि उनी हेल्मेट नलगाएको निहुँमा ट्राफिक प्रहरीले केरकार गर्दा उनले असामान्य व्यवहार देखाएका छन् । उनले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई तँ भनेर सम्बोधन गरेका छन् । उनले आफूले कहिल्यै पनि हेल्मेट नलगाएको पनि बताएका छन् । तर, प्रहरीले भने माथिल्लो तहका अधिकृतलाई रेडियो सेटमार्फत घट्नाबारे जानकारी गराउँदै जाँड खाएर एकदम लफ्डा गरिरहेको छ, गाडी तुरुन्तै पठाउनुहोस त भनेको प्रष्ट सुनिन्छ ।

हेरौं भिडिओ : Source: Ganesh Budha



प्रतिक्रिया दिनुहोस्