Logo

आज ३१ सय ६ जनामा संक्रमण पुष्टि



काठमाडौं, १६ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार १ सय ६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५४ हजार १ सय ७७ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार आज १३ हजार ५ सय १९ जनाको परीक्षणबाट ३१ सय ६ संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्