Logo

काठमाडौंमा आज थपिए ५ सय संक्रमित



काठमाडौँ, १७ साउन। आज देशभर २५ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८ सय ५१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ५९४ , ललितपुरमा १६६ र भक्तपुरमा ९१ संक्रमित थपिएका हुन् । आज नेपालमा कोरोना भाइरसका २ हजार ५ सय ६८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ ।

त्यस्तै, आज २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका हुन् ।  आज  थप १८ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्