Logo

नेपालमा हालसम्म कोराना संक्रमणबाट मृत्यु हुने कुन उमेर समुहका कति ?



काठमाडौं, १८ साउन । पछिलो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वभर कोरोना संक्रमणबाट ४२ लाख ९० हजार बढीले ज्यान गुमाएका छन् । ती मध्ये सबैभन्दा बढी ६० देखि माथि उमेरसमुहको संख्या रहेको छ ।

हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेमा ६० वर्ष माथिका धेरै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ६० वर्ष माथिका ५३ सय ६७ जना, ५० देखि ५९ वर्ष सम्मका १९ सय ३५ जना, ४० देखि ४९ उमेर समुहका १४ सय २१ ज्ना, ३० देखि ३९ उमेरसमुहका ८१६ जना, २० देखि २९ उमेरका २९७ जना, १० देखि १९ वर्षसम्मका ५० जना र ९ वर्ष मुनिका ४२ जनाको निधन भएको छ । त्यस्तै, परिचय नखुलेको ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
आइतबार कोरोना भाइरसका २ हजार ५ सय ६८ जना संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ ।

त्यस्तै, हिजो २ हजार २० जना संक्रमणमुक्त भएसँगै ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्