Logo

आज थप २३ संक्रमितको मुत्यु



काठमाडौं, १८ साउन । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका थप ३ हजार १ सय २५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ ।

आज १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५८ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ११ जनाको परीक्षणबाट २२७९ पिसीआर र ८४६ एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्