Logo

देशभर ३१ हजार कोरोना संक्रमितको उपचार हुँदै



काठमाडौं, १८ साउन । देशभर कोरोना सक्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका थप ३ हजार १ सय २५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ । देशभर ३१ हजार ६ सय २९ जना कोरोना संक्रमितको उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ८९ पुगेको छ । आज १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५८ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ११ जनाको परीक्षणबाट २२७९ पिसीआर र ८४६ एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्