Logo

काठमाडौं प्रशासनको धर्ना, जुलुस जस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह



काठमाडौं, १९ साउन । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाडजन्य क्रियाकलाप नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ को संक्रमणदर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएको भन्दै भिडभाडजन्य क्रियाकलाप नगर्न निर्देशन दिएको हो ।

प्र.जि.अ काली प्रसाद पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधिमा संम्लग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’



प्रतिक्रिया दिनुहोस्