Logo

माधव नेपालले भोलि पार्टी फुटाउने गोकुल बाँस्कोटाको खुलासा



काठमाडौं, १९ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् । पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले भने माधव नेपालले भोलि नै नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो खुलासा गरेका हुन् । उनले लेखेका छन्,-“क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।”



प्रतिक्रिया दिनुहोस्