Logo

रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !



काठमाडौं, साउन २० । महाधिवेशनको निकटतासँगै नेपाली कांग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ ।

खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । कांग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ ।

उक्त मत आफूतिर आकर्षित गर्ने प्रयासमा कांग्रेसमा नेताहरुले गरिरहेका छन् । बन्द कोठहरुमा कांग्रेसका नेताहरु आफू हिन्दुधर्वालम्बी भएको बचाएर मुल कुुरा छल्न खोज्दैछन् । कांग्रेसमा हिन्दु राष्ट्रका सबैभन्दा विरोधी नेताहरुमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ ।

तर,पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दुराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखिद नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् । आजको घटना र विचार साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्