Logo

प्रधानमन्त्री देउवालाई कार्कीको सुझावसहितको पत्र



श्री सम्मानीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय : देशको रक्षा सँगै एकृत कृषि जैविक खेती बारे जनताको समुनती बारेमा सुझावहरु :

उपरोक्त विषयहरुमा नम्र निवेदन गर्दछौ की वर्तमान गठवन्धनको सरकारको नेतृत्व नेपाली कांग्रेसको पार्टीको सम्माननिय अध्यक्षज्यू श्री शेर बहादुर देउवा ज्यूबाट भईरहेको अवस्थामा हामी सबै नेपालीहरु पार्टी पंक्तीमा आवद्ध नेताज्यू, विद्धान प्रागिकसँगै सबै कार्यकर्ताहरुको कर्तव्य हो । सरकारलाई देश र जनता हित कार्यहरुको जानकारी गराउनु, सुझाव र सहयोग गर्नु गराउनु प्रमुख कर्तव्य हो । यो अवसर पाउने ने.का. सँगै गठवन्धन सरकारमा समावेश हुनु भएका नेतागण, सम्पूर्ण बुद्धिजिवी, कार्यकर्ताज्यूहरुमा नम्र निवेदन गर्दै राम्रो कार्यहरुको सुझाव र तनमनले सहयोग गरौ र गराउन भन्दै अनुरोध साथै नेपाल विश्वकै प्राकृतिकका रत्नहरु उम्रने, फुल्ने, फल्ने नेचुरल हावापानी, हरियाली, चौतर्फी सेता हिमालय, हरियाली डाँडापाखा खेतवारीले भरिएको देश हो, हाम्रो नेपाल । तर यो बेला रोग, भोग, शोक र युवा युवती वहिरगमन, भ्रष्ट्रचार, हत्या हिंसा, अन्याय अत्यचार, बलत्कार, तसकरी, मनोपरीले आक्रान्त पारेको छ, देश र जनता सबैमा दर्दनाक रुवाईमा रगतको आसुको झरी कालो बादल भित्र भड्किदै उज्यालो खोज्दै भौतारिदै छौ । पुकार र चित्कारदै सतकर्मरुपी नेताहरु, पार्टीहरु कार्यकर्तालाई खोजिरहेको बेलामा वर्तमान गठवन्धन सरकारमा सहभागि पार्टी नेताहरुले बुझ्नै पर्ने कुराहरु :

भिष्मद्रोण तटरुप जयदर्थ जलरुप गान्धारी छोराहरु (कौरव) कमलरुप सल्या गोहीरुप कृपाचार्य धारारुप अस्वस्थमा र विकरण भयनंकर ग्रहरुप दुर्योधन भंवर रुप भएको स्तो नदीरुपी रणलाई श्रीकृष्ण स्वयं माझी भएकोले मात्र नै पाण्डवहरुले पार गरे जस्तै यो सरकार पनि कृष्णरुपी माझी र पाँच पाण्डव रुपी सत्र्कमी प्राकर्मी मन्त्री मण्डल बनी देशमा एकीकृत जैविक खेती राष्ट्रिय गौरवको आयोजनामा कृषिलाई प्रमुखता साथ कार्य योजना बनाई सिंहदरबार भित्र रहेको बैद्य थेसीसलाई नेपाल र नेपालीजन जिब्रो बनाई जैबिक खेती गरी हर्बल खेतीहरु खेती गर्न प्रसोधन गर्न हर्बल मेडिसिन बनाउने खाद्यान्नहरु हर्बल मिसाई हाइजेनिक रोग प्रतिरोधात्मक बनाई विश्वबजारमा माग बमोजिम पु¥याउन सकिन्छ ।

मूल्यवान जडिबुटीहरुलाई चिनिएका हर्बलहरु जस्तैः गाँजा, यर्सागुम्बा, सतुवा, अल्नो, केशर, चिराईतो, अलैची, कफी जस्ता गुणवान जडिबुटीहरुलाई पहिलो प्राथमिकतामा राखी अरु लाखौ लाख जडिबुटीहरुलाई अनुसन्धान गर्दै जाने रुखहरु अगरुटा, रक्तचन्दन, सालसल्लो, पशुहरुमा नेपाली लोकल गाई, भैसी, बाख्रा, महुरी, भिर महुरी, गैडा हात्ती, हरिण, चौरीगाईहरुलाई पंक्षीहरुमा कालिज, तित्रा, हाँस, मजुर, डाफे, मुनाल जस्ता पंक्षीहरुलाई प्रथम चरणमा राखी काम कार्यहरु गरी अरु विविध कार्यहरुलाई सहायक कार्य गर्न आजको आवश्यक हो आज राष्ट्र युवारहित वृद्धवृद्धा, अपांग, जिर्ण, कुपोषण फोहोर मैलामा देशका उज्याला तारारुपी नाबालक सन्तानहरु मात्र को देश बन्दैछ देस यसलाई जोगाउनु सरकारको दायित्व हो । विदेशी ऋण तिर्नु, विदेशी गलत नजर कार्यहरुबाट जोगाउनु सरकारको चुनौती हो ।

केवल नेपालको हावापानीमा उम्रने, फुल्ने, फल्ने जडीबुटीमा शिववुटी अथवा गाजा खेती मात्र गर्न सके हर्बल मेडिसन बनाउन सके विश्व बजारलाई साह्रै खाँचो भएको अत्याधिक माग रहेछ । यो खेती मात्र गरेपनि विदेशी ऋण मात्र ५ वर्षको आम्दानीले तिरिदो रहेछ । अरु लाखौ लाख अनमोल अमृतरुपी रत्न जडीबुटीहरु कति छन् कति भने नेपालीहरुको समुन्त कायापलट गर्ने पेशा नै एकृत जैविक खेती कृषि भन्दा अर्को छुमन्तर बाटो छैन भन्ने हामी सबैले बुझ्न र कार्यहरु युद्ध स्तरमा थलानी गर्न गराउन यो सरकारको दायित्व हुन्छ ।

देश भित्र रहेको श्रोतहरुलाई सहजिकरण गर्दै देश र जनतालाई समुन्नतको बाटोमा पु¥याउन सरकारले कानूनलाई सुधार गरी कृषिलाई आधुनिकरण कृषिक्राान्ती ल्याउन गाह्रो छैन, मात्र योजना र वैधानिक बनाउन आवश्यक छ । अन्तराष्ट्रिय इलेगल गाजा खेतीलाइ लिगल्ली मेडिसनमा रुपान्तरण भएको छ, संयुक्त राष्ट्र संघबाट यो अवसर नै यो सरकारको ठुलो भाग्यमानी हो । कृषि एकृत जैविक खेती नै नेपाल र नेपालीहरुको समुन्नत कार्यहरु हो । देश बाहिर गएका राष्ट्रको अजय शक्ति युवा युवतीहरुलाई देशमा बोलाई कृषि जैविक कमान्डो बनाई राष्ट्र निर्माणमा लगाई आफ्नो मातृभूमी रक्षा गर, आफ्नो परिवारसँगै देशभर हर्षोउल्सामय बातावरणले भर र गर भनी अधिकारहरु दिन सके कुनै देसले हेप्न सक्देन ।

हाम्रो अनुरोध सरकार र पाटीका नेता कार्यकर्ता, लेखक, विद्धान, प्राज्ञिक, पत्रकार मिडिया, समाजसेवक, राष्ट्रसेवकहरु सबैमा मिलेर एकिकृत कृषि जैविक खेतीको अभियान चलाउ भनी कृषि जैविक खेतीहरु लगाउ, राष्ट्रको गरिबी बिपतलाई भगाउ भनी दिव्य कार्ययोजनाहरु बनाउन आवश्यक भएको छ । हेक्का रहोस ब्यासको बचनरुपी सुन्दर कमल गिताको अर्थरुपी उत्कृष्ट तिब्र बासन भगवन विषयक अनेक कथारुपी केशर सन्जयरुपी भमरहरुले रातौदिन हर्षपूर्वक पान गरिरहेको महाभारतरुपी कलिको पाप, पखाली कल्याण गर्ने होस् ।

राजनीति सबै नीतिको मियो हो । राज्यका हरेक नीति, राजनीतिबाट निर्देशित हुन्छ । राजनीतिको मुल लक्ष्य लोककल्याणकारी राज्य स्थापना गर्नु हो । राज्य संचालन र पारदर्शी, जवाफदेही बनाउन लोककल्याणमा नागरिकको अवस्था, नागरिक र देश प्रतिको सर्मपण, सेवा सुविधा, सेवा प्रवाह कुनै पनि व्यवस्थाका परिसुचक हुन । राज्य संचालनको ऐतिहासिक अवसर प्राप्त गरेको वर्तमान गठवन्धनको सरकारले लोकतान्त्रिक राज्य व्यवस्थाका आधारभूत मूल्य, मान्यता जोगाउन, सरकार आफै चुनौतीको रुपमा देखिनु पर्दछ । नागरिक सर्वोच्ता संविधानवाद, मानव अधिकार, प्रेस स्वतन्त्रता लोकतन्त्रका आधार स्तम्बहरु हुन् भन्ने हेक्का राखी देश चलाउने नेता कार्यकर्ता, उच्च ओहोदामा पुग्नुहुनेहरु अधिकार सम्पन्न पदमा आसिन व्यक्तित्वज्यूहरुले कहिल्लै भुल्न हुँदैन भन्ने हामीहरुलाई लाग्छ । सहिदहरुका वलिदान, अग्रज नेताहरुका अथक प्रयास र पसिनाबाट सिचाई जीवनभरको हिडाई, कराइका आसय के का लागि थियो ।

नेपाली जनता वाल, युवा, प्रौढ, वृद्धा, अन्ध, अपांग, अशक्त, एकल महिला, अभिभावक विहिन टुहुरा नाबालिकहरुको आवश्यक के हो सहिदका परिवार वेपत्ता बनाईएका नागरिकहरु कहाँ छन् । सुकुम्वासी अव्यवस्थित बसोबास नागरिकहरुको हक अधिकार के हो ? कहिले समाधान हुने हो ? देश गृहयुद्धमा जाँदा २०५२ देखि २०६३ सम्म शान्ति सम्झौता सम्मका आर्मि, प्रहरीहरुले मानवताको मर्म बुझी बाँच र बचाउ, मेलमिलापको भावनाले छाडेका नोकरी अवधिको पैसा खै के मा छ ? रगत पसिना राष्ट्रलाई सिचाई गरी कोषमा जम्मा भएको पैसा सेना, प्रहरीहरुले पाउनु पर्छ ।

विदेशबाट लास आउँदा एयरपोर्ट देखि आर्यघाटसम्मको रोदन चित्कार र विदेश जाँदा देश र परिवारप्रतिको मायाले झरेको आसु रोदन आवश्यक छ । हत्या, आत्महत्या, अपहरण चेलीहरुको बलत्कार, देह व्यापार, छुवाछुत, चोरी डकैत, ज्यानमाराहरु रोक्ने उपायहरु के–के हुन् भन्ने कुरा सरकार नै जानकार हुन आवश्यक देख्दछौ । हाम्रो देखाईको सुझावहरु यिनै हुन् । सरकारमा जानु हुने व्यक्तिहरु पाटी हाईकमाण्ड चलाई रहनु भएका पाटीका अध्यक्षज्यूहरुले एक पटक एकिकृत जैविक कृषि, जैविक खेती जडीबुटीहरु विश्वले के कति माग गरिरहेको छ र कुन–कुन जडिबुटी के–के रोग निरोधक वन्दछ भन्ने जानकारी लिन आवश्यक छ । दुई तिहाईको जनमत पाउनु भएको सरकारबाट हुन नसकेको कार्य गठवन्धन सरकारबाट गरियोस् ।

सुकुम्बासी अवेवस्थित बसोबासीहरुलाई जो जससँग जति छ चर्चेको जमिन सबै नाप नक्सा गरी रैकर सरह तर बन जैविक खेती गर्न र गराउने गरी रुल अफ ल बनाई लागु गर्ने । कम्ती जमिनदार र बन खेती गर्न नमान्नेहरुलाई व्यवस्थित गरी गराई नवलपुर जिल्लाको सुस्तामा ५० देखि १ लाख सम्मका घर परिवार राख्न र चौध हजार हेक्टर जमिन फिर्ता गर्न आश्यक छ । वृद्ध भत्ता कम्तीमा ५ हजार पु¥याउन र ७० लाई ६० लाई ६५ वर्षमा पूर्व घोषित बमोजिम अघि बढन् हुन अनुरोध सँगै एकल महिला, अपाङ्ग भत्ता बढाउन आवश्यक छ सरकार ।

एकिकृत कृषिमा विदेशी लगानी खारेज गर्न जरुरी छ । पूर्व सरकारको गलत निर्णयहरु÷कोभिडबाट बच्न जटिबुटी, लोकल गाईको गहुत सेवन गरी बाँच र बाचाउ कार्यलाई टेवा पु¥याउछ । जसको कृपाले लाटोलाई बोल्न सक्ने बनाउछ, अपांगलाई पर्वतपारि पु¥याउछ । दृष्ट्रिविहिनलाई आँखा देख्न सक्ने बनाउन सक्छ । यस्तो सक्षम सरकारको आवश्यक हो । स्मरण रहोस लोकतन्त्र जोगाउन, संविधान जोगाउन, प्रजातन्त्र प्रेमीहरु न्यायलय जानु भयो र जोगाउनु भएको छ । त्यही तबरबाट सबै नेपालीहरु देशको गरिबी फाल्न हाम्रो सन्तती युवा शक्ति बहिरगमन रोक्न कृषि जैविक खेती गर्न पाउनु पर्छ भनेर हामीहरु अदालत धाउन पर्ने अवस्था नआवोस ……………………जय नेपाल धन्यवाद । जय जडिबुटी, जय, गैह माता ।

भवदिय

भरत बहादुर कार्की
जि. नवलपुर देवचुली न.पा.–४
झाँक्रे शान्तिडाँडा गैरा
मो. नं. ९८१०२३२०६७
९८४११८०३६८



प्रतिक्रिया दिनुहोस्

Screenshot