Logo

नेपालमा कारोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



काठमाडौं, २० साउन । कोरोना संक्रमणबाट आज थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर ४१ सय ७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १२ सय ८९ जना थपिएको मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ संक्रमित थपिएका हुन् । आज १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको परीक्षणमा २ हजार ९७५ जना पीसीआर र एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्