Logo

ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, आज ४१ सय नयाँ संक्रमित थप



काठमाडौं, २० साउन । केही दिन यता नेपालमा फेरी कोरोना संक्रमणदर बढ्दै आएको छ । आज नेपालमा कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६ हजार २ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको परीक्षणमा २९७५ जना पीसीआर र एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्