Logo

भदौमा काँग्रेस महाधिवेशन नहुने, सशांकले गरे मंसिरमा गर्ने प्रस्ताव



भरतपुर, २२ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले आज त्यसको खुलासा गरेका हुन् । उनले मंसिरसम्म सम्पन्न हुने गरी नयाँ मिति तोक्नुपर्ने बताए ।

कोइरालाले यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि क्रियाशील सदस्यता विवादले त्यो सम्भव नभएको बताए । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसग कुराकानी गर्दै महामन्त्री डा। कोइरालाले तोकिएको मितिमा महाधिवेशन असम्भव भइसकेको बताए । चाँडै केन्द्रीय समितिको बैठक बोलाएर मंसिरसम्ममा गर्नेगरी मिति तोक्नुपर्ने उनको भनाई थियो । महाधिवेशनको मुखमा आएर मिति सार्दा नेता कार्यकर्तामा नैराश्यता छाएकाले चाँडै मिति तोक्न पदाधिकारीको बैठकमा छलफल भइरहेको जानकारी दिए ।

महाधिवेशन आउनु अघि एक वर्ष अघिनै क्रियाशिल सदस्यताको टुंगो लगाउनुपर्नेमा त्यसो गर्न नसक्नुमा काँग्रेसको कमजोरी रहेको बताए । जिल्ला जिल्लामै विवाद भएकाले समस्या भइरहेको उनको भनाई थियो । महामन्त्री कोइरालाले आफूपनि आगामी महाधिवेशनका लागि सभापतिको उम्मेदवार रहेको भन्दै जित सुनिश्चत गराउन छलफल चलिरहेको बताए ।

महामन्त्री कोइरालाले आफू सरकारमा सहभागी नहुने प्रष्ट पारे । उनलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा थियो ।



प्रतिक्रिया दिनुहोस्