Logo

नेविको विस्कुट कारखानामा भिषण आगलागी



काठमाडौं, साउन २३ । बालजुस्थित औधोगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट कारखानामा भिषण आगलागी भएको छ ।

गए रातीबाटदेखि सुरु भएको आगलागी नियन्त्रणका सबै प्रयास जारी रहेपनि आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । राती करीब २ः३० बजेबाट शुरु भएको आगलागी विहानसम्म नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको छ ।

आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएको छ । आगो नियन्त्रणमा आएपछि मात्रै क्षतिको विवरण र आगलागीको कारणबारे जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot