Logo

ओलीलाई विश्वप्रकाशको जवाफ : प्रश्नको भारी महिना दिनमै



काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजो संसदमा गरेको सम्बोधनलाई लिएर आफ्नो धारणा राखेका छन् । उनले ओलीले संसद्मा जसरी बोलेका थिए खास त्यसैगरि साढे तीन वर्ष काम गरिदिएको भए स्थिति अर्कै हुन्थ्यो भन्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्–‘@kpsharmaoli  संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो l अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै !! तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ l बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ l’



प्रतिक्रिया दिनुहोस्