Logo

विमान चढेर भागे अफगानी राष्ट्रपति, को हुन भिडियोमा रुने महिला? (भिडियोसहित)



काठमाडौं, साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन्।

राष्ट्रपति अशरफ गनी देश छाडेर भागेसंगै तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् ।

राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्। आइतवार अबेर तालिवानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए।

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाड्दै गरेको भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियामा उनी जहाजमार्फत भागेका देखिन्छन् । उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् ।

उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तोसमेत भिडियोमा आवाज सुनिएको छ । गनी अफगानिस्तानको प्राईभेट विमान कम्पनी काम एयरलाईन्सबाट देश छाडेर भागेका छन् ।



प्रतिक्रिया दिनुहोस्