Logo

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणिकरण, अब जारी हुँदै



काठमाडौं, २ भदौ । राष्ट्रपति कार्यालयले दल विभाजनसम्बन्धी अध्यादेश केहीबेरमै जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण गरिसकेकी छिन् ।

राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणिकरण भैसकेको र अब केहीबेरमै जारी हुने जानकारी दिए । सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । दल विभाजनको लागि खुकुलो प्रावधान राखेर अध्इादेश ल्याईएको हो ।



प्रतिक्रिया दिनुहोस्