Logo

महेन्द्र शेरचनको निधनप्रति सभापति धमलाद्वारा दुःख व्यक्त (शोक वक्तव्यसहित)



काठमाडौं, ३ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले संविधानसभाका सदस्य एवम् राजधानी न्यून पब्लिकेशनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् ।

शेरचनको निधनमा दुःख व्यक्त गर्दै अध्यक्ष धमलाले भनेका छन्,‘ हाम्रा परम मित्र, संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा असामयिक निधनको खबरले रिपोर्टर्स क्लब नेपाल परिवार अत्यन्त स्तब्ध भएको छ । कोरोनाभाइरस संक्रमित भएर नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको हिजो साँझ भएको निधनले मैले एउटा अनुभवी र आदर्श अभिभावक गुमाएको छु भने नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति भएको छ ।’

मिति : २०७८ भदौ ३

शोक वक्तव्य

हाम्रा परम मित्र, संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा असामयिक निधनको खबरले रिपोर्टर्स क्लब नेपाल परिवार अत्यन्त स्तब्ध भएको छ । कोरोनाभाइरस संक्रमित भएर नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको हिजो साँझ भएको निधनले मैले एउटा अनुभवी र आदर्श अभिभावक गुमाएको छु भने नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति भएको छ ।

२० वर्षअघि लोकप्रिय राजधानी दैनिकको प्रकाशकका रूपमा देखा पर्नुभएका शेरचनसँग रिपोर्टर्स क्लब नेपालको लामो समयदेखि सहकार्य एवं हार्दिक र घनिष्ट सम्बन्ध रहेको थियो । नेपाली छापा पत्रकारिताको विकास र उन्नयनमा पु¥याएको योगदान उहाँले अविस्मरणीय रहनेछन् । साथै उहाँले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको अध्यक्ष एवं मिडिया अलाइन्सको उपाध्यक्ष, विज्ञापन बोर्डको सदस्य आदि पदीय जिम्मेवारीमा रहेर मिडिया जगत्का निम्ति गर्नुभएका थुप्रै काम म यहाँनेर स्मरण गर्न चाहन्छु ।

दिवंगत शेरचन पत्रकारिता क्षेत्रको मात्र नभएर वैदेशिक रोजगारीको क्षेत्रको पनि स्वनामधन्य व्यक्तित्व हुनुहुथ्यो । उहाँ वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । यस कठिन घडीमा म उहाँकी शोक सन्तप्त धर्मपत्नी, तीन छोरा, एक छोरी लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै अध्यक्ष शेरचनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्न चाहन्छु ।

ऋषि धमला
सभापति

रिपोर्टर्स क्लब नेपाल

 



प्रतिक्रिया दिनुहोस्