Logo

कञ्चनजङ्गामा सिकार पर्यटन अध्ययन



काठमाडौं, भदौ ६ । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार पर्यटन सम्भावनाबारे वैज्ञानिक अध्ययन गरिने भएको छ । सिकार पर्यटनलाई विश्वमा निकै लोकप्रिय र महँगो मानिन्छ । सिकार पर्यटन प्रवद्र्धन गर्न कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार गर्न सकिने अवस्था छ वा छैन भनेर सरकारले यस्तो अध्ययन गर्न थालेको हो ।

हिउँचितुवाको प्रमुख संरक्षित क्षेत्रका रूपमा कञ्चनजङ्गा संरक्षण क्षेत्र मानिन्छ । हिउँचितुवाले प्रमुख आहाराका रूपमा नाउरको सिकार गर्ने गर्छ । त्यसैले सो क्षेत्रमा नाउरको सङ्ख्या, हिउँचितुवाको अवस्था, यिनको संरक्षणमा गर्नुपर्ने प्रयासलाई अध्ययनमा समेटिने जनाइएको छ ।

कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या प्रशस्त भएकाले विदेशीलाई सिकार गर्न अनुमति दिनुपर्ने माग लामो समयदेखि उठ्दै आइरहेका बेला सरकारले यसतर्फ काम अगाडि बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्