राजेन्द्र गौतमको आतिथ्यतामा एमाले ओखलढुंगा प्रदेश ‘ख’ को विस्तारित बैठक सम्पन्न


७ मंसिर, ओखलढुंगा । नेकपा (एमाले) ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी (निर्वाचन क्षेत्र ‘ख’) को विस्तारित बैठक सम्पन्न भएको छ ।

लिखु गाउँपालिका-३ नर्मदेश्वरस्थित वडा पार्टी कार्यालयमा शनिबार बसेको बैठकले आगामी निर्वाचनलाई परिणाममुखी बनाउन ठोस कार्ययोजना पारित गरेको हो । बैठकमा मातहतका कमिटीबीच समन्वय, सहकार्य र सांगठनिक एकरूपता कायम गर्दै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने सामूहिक निर्णय भएको कमिटीले जनाएको छ ।

पार्टीका पूर्व स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यता एवं क्षेत्रीय संयोजक खड्ग बहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, जिल्ला कमिटी संयोजक हर्कबोल राई ,प्रदेश कमिटी सचिवालय सदस्य नानिबाबु बुढाथोकी, प्रदेश कमिटी सदस्य केशवहरि ढुंगेल लगायतका नेताहरूको उपस्थिति थियो । सहभागीहरूले दिएका रचनात्मक सुझावहरूले आगामी सांगठनिक गतिविधि सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने संयोजक कार्कीले बताए ।