Logo

माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं



काठमाडौं, ७ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढेकोले अब एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अपिल गरेका छन् ।

उनले लेखेका छन्-‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै‘वार्ता र सहमती’का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।अत:यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति,न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्