Logo

लोसपाका १४ सांसदको सनाखत



काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो ।

लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले भने, १४ जनाको हस्ताक्षर सनाखत भएको छ ।

यसअघि १५ सांसदले हस्ताक्षर सनाखतका लागि निवेदन दिएकोमा १ जना अनुपस्थित भएका छन् ।

महतोले मुलुक एकल जातीय राज्य होइन नभएको र बहुराष्ट्रियता स्वीकार गरिएको जिकिर गर्दै त्यो मुद्दा यथावत् भएको बताए ।



प्रतिक्रिया दिनुहोस्