Logo

निर्वाचन आयोगमा सनाखत गर्ने क्रममा माधव नेपालसहितका नेताहरु (फोटोफिचर)



काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि निर्वाचन आयोगले आज नेताहरुलाई सनाखत गर्न बोलाएको छ । माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् ।

निर्वाचन आयोग स्रोतकाअनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेका छन् । दल दर्ताको निवेदन दिनेबेला हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे पनि आज सनाखतको लागि आयोग पुगेका छन् । तर, आयोगले भने पाण्डेको हस्ताक्षर सनाखत नगर्ने भनेको छ । सनाखतको लागि प्रतिनिधिसभा सदस्य तुलसा थापा पनि आयोग पुगेकी छिन् ।

तस्विर : मुकून्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्