Logo

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत



काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको मात्र सनाखत भएको छ ।

पार्टी दर्ताका लागि निवेदन दिंदा एमालेका ३१ सांसद र ५८ केन्द्रीय सदस्यको हस्ताक्षर थियो । तर, ३ केन्द्रीय सदस्य ब्याक भएपछि ५५ जना मात्र हस्ताक्षर सनाखतमा पुगे । झलनाथ खनालको हस्ताक्षर पनि सनाखत भएको छ । उनी नयाँ दिल्लीमा उपचारका लागि पुगेका छन् । राजदूतावासमार्फत् पत्र लेखेर पठाएका उनको हस्ताक्षर सनाखत गरिएको हो ।

४ सांसद सनाखतका लागि पुगेपनि उनीहरुको विषयमा कुरा मिलेको छैन । यसबारे कुरा भइरहेको माधव नेपाल पक्षका नेता गंगालाल तुलाधरले जानकारी दिए । पछि थपिएका ४ जनाकोबारे विवाद भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot