Logo

माधव नेपाललाई वामदेवको वचन : ‘दुई हजार नेता/कार्यकर्ता तपाईंको पार्टीमा प्रवेश गराउँछु’



काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमबीच फोनवार्ता भएको छ । निर्वाचन आयोगमा दल दर्ताको लागि सनाखत गरेलगत्तै अध्यक्ष नेपालले नेता गौतमसँग फोनवार्ता गरेका हुन् । पछिल्लो समय पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा नेता गौतमले आफू माधव नेपालको पार्टीमा प्रवेश गर्ने बताईसकेका छन् । उनले भनेका छन्,‘म माधव नेपालको नयाँ दलमा जान्छु, अब केपी ओलीसँग कुनैपनि हालतमा एकता सम्भव छैन् ।

म माधवजीको पार्टीमा जान्छु । हामी एकता पक्षधर सबै नेताहरु माधव नेपालको पार्टीमा जान्छौं । दुई हजारको हाराहारीमा हामी छौं, सबै माधवजीको पार्टीमा जान्छौं ।’ दल विभाजनको लागि वामदेवले साथ नदिएपनि एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । अध्यक्ष नेपालसँगको कुराकानीमा पनि वामदेवले छिट्टै नेपालको पार्टीमा प्रवेश गर्ने विश्वास दिलाएका छन् । आज/भोलिभित्रै नेता गौतमले नेपालसँग भेट्ने तयारी थालेका छन् ।

एमालेमा २४ वर्षमा दुई फुट, पात्र उही

माधव नेपाल यही प्रतिनिधि सभाबाट चुनावी सरकारको प्रधानमन्त्री



प्रतिक्रिया दिनुहोस्