Logo

वरिष्ठ अविधक्ता तुलाधरको निधनप्रति दुःख व्यक्त



काठमाडौं, ९ भदौ । सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको ८१ वर्षको उमेरमा आज निधन भएकोप्रति दुुःख व्यक्त गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आजै प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च बारका सदस्यसमेत रहेका तुलाधारको निधनबाट न्याय तथा कानूनी क्षेत्रमा गहिरो क्षति भएको जनाएका हुन् ।

निरन्तर कानून व्यवसायमा रहेर न्याय तथा कानूनी क्षेत्रमा विशिष्ट योगदान गर्न सफल एक कुशल, निर्भिक एवं आर्दश व्यक्तित्व गुमाएको अनुुभूति भएको र उनको योगदानको सधैँ अविस्मरणीय रहने सर्वोच्च बारले जनाएको छ । सर्वोच्च बारले शोकको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै स्वर्गीय तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्