Logo

कर नतिर्ने ठूला करदाताको घरघरमा काठमाडौं महानगरको बाजागाजासहित दबाब (फोटोफिचर)



काठमाडौं, ९ भदौ । काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताहरुलाई कर तिर्नको लागि झकझकाएको छ । महानगरले अहिले घरघरमा गएर दबाब दिने भन्दै अभियान थालेको छ । आज (बुधबार) घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुगेको थियो ।

आज चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो । महानगरले पछिल्लो २–३ वर्षको दाखिलालाई छाडेर २८ वर्षसम्मको पुरानो कर उठाउन पहल गर्दैछ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्