Logo

महन्थ ठाकुर नेतृत्वको दलको दर्ता नम्बर १६७



काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई मान्यता दिएको छ। आयोगले आज (बुधबार) ठाकुर नेतृत्वको दललाई दलको प्रमाणपत्र दिएको छ । लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।

सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश अनुसार ठाकुरको नेतृत्वमा नयाँ दलको लागि निवेदन दिइएको थियो । आजमात्रै आयोग पुगेर १४ जना सांसद र १७ जना कायकारिणी समिति सदस्यले सनाखत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्