Logo

काठमाडौं महानगरपालिकालाई ‘फोहोर उपहार’



काठमाडौं, १४ भदौ । युथ कांग्रेस नेपालले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडी फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेको छ । महानगरले २० दिनदेखि सडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै कार्यालय अगाडी प्लेकार्ड सहित फोहोर थुपारेर प्रदर्शन गरिएको हो ।

उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनिति फोहोरी खेल’ लेखेका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए । केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा कठिनाइ भैरहेको छ ।

घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालिरहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्