Logo

ओलीलाई झलनाथ खनालले किन धन्यवाद दिए



काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद दिएका छन् । उनले ओलीलाई स्वास्थ्योपचारमा साथ दिएकोमा धन्यवाद दिएका हुन् ।

आज विमानस्थलमा विज्ञप्तिमार्फत् खनालले भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्योपचारमा सहयोगका लागि धन्यवाद ।’ उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पनि धन्यवाद दिए ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उपचारमा सहयोग यथावत् गरेकोमा धन्यवाद व्यक्त गरे । खनाल साँढे दुई महिनाको उपचारपछि स्वदेश फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्