Logo

हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर वरिष्ठ पत्रकार त्रिपाठीद्वारा नयाँ दल घोषणा



काठमाडौं, १४ भदौ । नेपाली काँग्रेससँगको लामो आवद्धता परित्याग गर्दै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ दलको घोषणा गरेका छन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको म्ुद्दा लिएर नयाँ दल घोषणा गरेका हुन् ।

सोमबार कृष्णाष्टमी पारेर उनले एकीकृत शक्ति, नेपाल दलको घोषणा गरेका हुन् । दलले धर्म, संस्कृति र परम्पराको संरक्षणलाई मुद्दा बनाउने बताए ।

काँग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका त्रिपाठी विगतमा कम्युनिस्ट पार्टीमा आवद्ध थिए । उनी काँग्रेस पार्टीमा हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा परित्याग गरी नयाँ दलको घोषणा गरेका छन् ।

त्रिपाठीले अहिलेको सत्ता हिंसाको पक्षपाती भएको आरोप लगाए । उनले जातीय विभाजन र झगडा गराउन खोजिएको भन्दै सत्तापक्षको आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्