Logo

कल्याण गुरुङले भोलि सभापतिको उम्मेदवारी घोषणा गर्ने



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनको लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

महाधिवेशन नजिकिएसँगै गुरुङले बुधबार २ः३० बजे युनियन हाउस अनामनगरमा औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्ने रिपोर्टर्स नेपालसँग उनले बताए ।
उनले भने, ‘बुधबार २ः३० बजे युनियन हाउस अनामनगरमा औपचारिक कार्यक्रम मार्फत उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ ।’

यसअघि पार्टी उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा र केन्द्रिय सदस्य गगनकुमार थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम