Logo

नदीमा बेपत्ता दुई बालक मृत फेला



कैलाली, भदौ १९ । कैलालीमा दुई बालक मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका (१ स्थित मनहरा नदीमा बेपत्ता भएका १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय अयुग थापा मृत फेला परेका हुन्।

उनीहरु शुक्रबार दिउँसो २ बजे नदीमा नुहाउने क्रममा बेपत्ता भएका ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले ती बालकहरुको खोजी गरेका थिए। गएराति ११ बजे तिरको समयमा सशस्त्र प्रहरीको गोताखोर टोलीले दुवै बालकको शव नदीबाट निकालेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस्