Logo

काँग्रेस र कुलमानसम्बन्धी रिट प्रधान न्यायाधीश जबराको एकल इजलासमा



काठमाडौं, २० भदौ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दुई महत्वपूर्ण रिट आफ्नो एकल इजलासमा राखेका छन् । नेपाली काँग्रेसको महाधिवेशन र कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट उनले आफ्नो एकल इजलासमा राखेका हुन् ।

काँग्रेसको १४औं महाधिवेशन कोरोना भाइरसको महामारीका बेलामा गर्न लागेको भन्दै नरोत्तम वैद्यले रिट निवेदन दर्ता गरेका थिए । २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरित अधिवेशन हुन लागेको भन्दै रोक्न रिटमा माग गरिएको छ । आजका लागि पेशी तोकिएको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको खारेजको माग गर्दै परेको रिट पनि प्रधान न्यायाधीश जबराको एकल इजलासमा राखिएको छ । ३२ साउनमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्