Logo

सुर्यबहादुर थापाका नाति सिद्धार्थ काँग्रेसको राजनीतिमा खुले, वडाबाट प्रतिनिधि चयन



काठमाडौं, २२ भाद्र । पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिकामा देखिएका छन् । उनी धनकुटाबाट वडा तहबाटै प्रतिनिधि चयन भई राजनीतिमा सक्रिय भएका हुन् ।

पाख्रिवास नगरपालिका वडा नं ८ को मुगा गाउँमा सोमबार सम्पन्न अधिवेशनमा थापा प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् । उनका पिता सुनिलबहादुर थापा पनि सोही वडाबाट प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

पाख्रिवासको मुगा गाउँ सुर्यबहादुर थापाको जन्मथलो हो । धनकुटालाई राजनीतिक क्षेत्र बनाएर थापाले देशको राजनीतिमा लामो समय प्रभाव बनाएका थिए । उनका छोरा सुनिल थापा पनि सोही क्षेत्रलाई राजनीतिक क्षेत्र बनाएर सक्रिय छन् । उनी धनकुटाबाट सांसद समेत निर्वाचित भई मन्त्री बनेका थिए ।

सुनिलबहादुरका छोरा सिद्धार्थ थापा पनि धनकुटालाई नै राजनीतिक क्षेत्र बनाएर काँग्रेसका राजनीतिमा खुलेर सक्रिय भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गरेका सुनिल थापा सहमहामन्त्री छन् । यसअघि राजनीतिमा नखुलेका उनका छोरा सिद्धार्थ काँग्रेसको राजनीतिमा खुलेका छन् ।



प्रतिक्रिया दिनुहोस्