Logo

महालक्ष्मी ८ को काँग्रेस वडा अधिवेशनमा सर्वसम्मत (प्रतिनिधिसहित)



काठमाडौं, २२ भदौ । नेपाली काँग्रेसको महालक्ष्मी नगरपालिका-८ मा सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत कार्यसमिति र प्रतिनिधि चयन भएका छन् । सोमबार साँझ सम्पन्न अधिवेशनमा रत्नकाजी महर्जन सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

इकाई उपसभापतिमा कृष्णगोपाल राजथला र अनुप केसी, सचिवमा अनिल श्रेष्ठ र दामोदर पौडेल, सहसचिवमा रुपेश बोहरा र अनिल थापासहितको कमिटी गठन भएको हो ।

वडाबाट क्षेत्रीय प्रतिनिधिहरुमा महेन्द्रदेव सिंह, दिवाकर नेपाल, बालकृष्ण श्रेष्ठ, विवेककुमार कार्की, नवीन्द्रदेव सिंह, केदार थापा, सुरेन्द्रलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, विष्णु विसंके, आशिष केसी, नारायणी गौतम, चन्चला सुनार, देवकुमारी कोइराला, सरु श्रेष्ठ, रसुमिला महर्जन, राम शाही चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्