Logo

काँग्रेस महामन्त्री बन्न यी नेताको दौड



काठमाडौं, २४ भाद्र । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी बढेका छन् । महामन्त्रीमा लोकप्रीय नेताहरुले दाबी गरिरहेका छन् । कतिपयले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा समेत गरेका छन् ।

काँग्रेस महामन्त्रीमा पूर्वमन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र नेविसंघका पुर्वअध्यक्ष प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । थापाले १४ भाद्रमा उम्मदेवारी घोषणा गरेका हुन् । शर्माले २४ भाद्रमा घोषणा गरे । पौडेलले यसै हप्ता घोषणा गरे ।

महामन्त्रीको दाबी गर्नेमा वर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महत पनि छन् । उनी काँग्रेसको दोस्रो पुस्ताका नेता हुन् ।

विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल तेस्रो पुस्ताका नेता हुन् । उनीहरुमध्ये शर्मा र थापा लोकप्रीय मानिन्छन् । तर, प्रदीप पौडेलको संगठनमा बलियो पकड छ ।

थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेका छन् । शर्मा सभापति शेरबहादुर देउवाको पक्षमा छन् । पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् ।

काँग्रेसमा महामन्त्रीमा पछिल्लो पुस्ताका हस्तीहरुको दाबीलाई अर्थपूर्ण मानिएको छ । विगतमा महामन्त्रीमा पुरानै पुस्ताको दाबी हुनेगरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot