Logo

प्रेममा धोका दिएको भन्दै प्रेमिकाले लिंग काटिदिइन्



विराटनगर, २५ भाद्र । प्रेममा धोका दिएको भन्दै प्रेमिकाले लिंग काटिदिएकी छिन् । यौन सम्पर्कको मौका छोपी झुक्याएर प्रेमीको लिंग काटिदिएकी हुन् ।

विराटनगर १५ स्थित होटल मकालुमा यो घटना भएको हो । सुनसरीको बर्जु गाउँपालिका घर भई विराटनगर डेरा गरी बस्दै आएकी २८ वर्षीया महिलाले २७ वर्षीय पुरुषको होटलको कोठामा लिंग काटिदिएकी हुन् ।

प्रहरीका अनुसार महिलाले कैंची प्रयोग गरी पुरुषको लिंग काटिदिइन् । युवक गम्भीर घाइते भई अस्पताल पुगे ।

महिला र पुरुष दुवैबीच एक वर्षयता प्रेम सम्बन्ध थियो । सम्बन्ध गहिरिएपछि दुवैबीच विवाह गर्ने कुरा पनि भएको थियो । तर, पुरुष सम्पर्कविहिन भए । उनले मंसिरमा अर्कै महिलासँग विवाह गर्ने पक्का गरे ।

सम्पर्कविहिन भएका पुरुषले फेरि फोन गरी भेट्न आग्रह गरे । उनीहरुबीच भेट भई होटल मकालुमा बसे । कोठामा युवकले युवतीसँग यौन सम्पर्क गर्न खोजे । युवती पूर्वतयारीमा थिइन् । उनले युवकको मौका छोपेर कैंचीले लिंग काटिदिइन् ।

युवक लिंग काटिदिएपछि कोशी अस्पतालको आकस्मिक कक्षमा पुगे । उनले ढाँटेर रौ काट्दा काटेको भने । नोबेल शिक्षण अस्पतालमा रिफर गरिदिए । त्यहाँ १० टाँचा लगाइएको थियो ।

लिंग काटिएका युवकमाथि युवतीले प्रहरीमा जोहेरी दर्ता समेत गरिन् । उनलाई जर्बजस्ती करणी उद्दोगमा प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बुझिएको छ ।

युवतीले जर्बजस्ती गर्न खोजेको उजुरीमा भनेकी छिन् । तर, युवकले सहमतिमा यौन सम्पर्क गर्न खोज्दा युवतीले लिंग काटिदिएको बयान दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्