Logo

काँग्रेस महाधिवेशनको कार्यतालिका संशोधन (विज्ञप्तिसहित)



काठमाडौं, २५ भाद्र । नेपाली काँग्रेसले १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आज केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सूचना जारी गरी संशोधनबारे जानकारी गराएका हुन् ।

संशोधन अनुसार गाउँ तथा नगरपालिकाको अधिवेशन ९ असोजमा हुने भएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोजमा र प्रतिनिधि सभा क्षेत्री यअधिवेशन एक क्षेत्र भएका जिल्लामा १५ असोज र एक भन्दा बढी क्षेत्र भएका जिल्लाहरुमा १८ असोजका लागि तय गरिएको छ ।

प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गतेका लागि तय गरिएको छ । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरका लागि यथावत छ ।



प्रतिक्रिया दिनुहोस्