Logo

पौडेल पक्ष सानेपामा बैठक बस्दै, जारी अधिवेशन प्रत्रियाबारे धारणा तय गर्ने



काठमाडौं, २८ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छुट्टै बैठक बस्ने तयारीमा जुटेको छ । पार्टीको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न पौडेल पक्ष आज छलफलमा बस्न लागेको हो ।

पौडेल पक्षका एक नेताकाअनुसार उक्त छलफल पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठकमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, सीतादेवी यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु सहभागी हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्