Logo

देउवाले सत्ताको दुरुपयोग गरेको पौडेलको आरोप, अधिवेशन नमान्ने चेतावनी



काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले सत्ताको दुरुपयोग गरेर वडा अधिवेशनहरु गरिएकाले मान्य नहुने चेतावनी दिए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले देउवामाथि अधिवेशनमा धाँधलीको आरोप लगाए । उनले भने, ‘वडा अधिवेशनहरुको नाटक रचिएको छ । हामीलाई त्यो मान्य छैन ।’

देउवाविरुद्ध कडा रुपमा बोलेका पौडेलले देशभर अधिवेशनहरुमा धाँधली गरेको आरोप लगाए । सक्षम र दुःख गरेकाहरुलाई पाखा लगाउने गतिविधि भएको उनको भनाई थियो । अधिवेशनहरुमा धाँधली गरेर काँग्रेसलाई बदनाम बनाउन खोजिएको आरोप लगाए ।-File Photo



प्रतिक्रिया दिनुहोस्