Logo

पौडेल पक्षले उठायो महाधिवेशनको समयसीमा नाघेको विषय, डडेलधुराको अधिवेशन नमान्ने



काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले संविधान र पार्टीको विधानले तोकेको महाधिवेशनको समयसीमा नाघेको विषय उठाएको छ । आज बसेको पौडेल पक्षधरको केन्द्रीय कमिटी बैठकले यो विषय उठाउँदै वडा तहका कतिपय अधिवेशन नमान्ने निर्णय गरेको छ ।

बैठकपछि वरिष्ठ नेता पौडेल आफू पक्षधरको प्रेस विज्ञप्ति जारी गरी डडेलधुरा जिल्लाको अधिवेशन नमान्ने निर्णय लिएको हो । ‘देशको संविधान र पार्टीको विधानले तोकेको महाधिवेशनको समय सीमा नाघेर जानु, काँग्रेसको डडेलधुरा जिल्ला सभापति र कार्यसमिति कै सहभागिता र सहमतिलाई निषेध गरिएको छ,’ पौडेलले विज्ञप्तिमार्फत् भनका छन्, ‘यो अमान्य छ, यसको हामी घोर भत्र्सना गर्दछौं ।’

पौडेल पक्षले डडेलधुराको विधि र प्रक्रिया अनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्न माग गरेको छ । काँग्रेसको इतिहासमा पहिाले पटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यता टुंगो नलगाई अधिवेशन प्रारम्भ गरिएको टिप्पणी समेत गरेका छन् ।

डडेलधुरा, सुनसरी लगायतका मुलुकका अन्य भागमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएको पौडेल पक्षको आरोप छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्