Logo

महाधिवेशनको तयारीमा देउवा, टिम बनाउन गृहकार्य सुरु



काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १४औं महाधिवेशनको तयारीमा जुटेका छन् । सभापतिमा दोहोरिनेगरि देउवा अघि बढेका छन् । यसको लागि उनले आफूनिकट नेताहरुसँग छलफलसमेत अघि बढाएका छन् । सभापतिमा लागि यसपटक विमलेन्द्र निधिले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । उनले महाधिवेशनलक्षित सम्पर्क कार्यालयपनि तामझामका साथ खोलिसकेका छन् । सभापतिमा कसलाई उठाउने भन्नेबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन् । तर, जसलाई उठाएपनि सहमतिमै उम्मेद्धवारी दिने पौडेल पक्षको भनाई छ ।

सभापति देउवाले भने अहिले महाधिवेशनको लागि आफ्नो टिम निर्माणको लागि गृहकार्य थालेका छन् । यसपटक उनले उपभासभापतिमा विजयकुमार गच्छदार र विनोद चौधरीलाई अघि बढाउन खोजेका छन् । यो विषयमा देउवाले आफ्नो टिमका नेताहरुसँग परामर्श समेत थालेका छन् । चौधरी पनि यसपटक उपसभापतिमा उठ्ने मनशायमा छन् । महामन्त्रीमा भने देउवाले डा. प्रकाशशरण महतलाई अघि बढाउन खोजेका छन् । तर, अहिलेसम्म उनले यसबारेमा कुनै निर्णय लिएका छैनन् । महामन्त्रीमा अहिलेसम्म गगन थापा र विश्वप्रकाश शर्माले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । उम्मेद्धवारी घोषणा गरेका थापा र शर्मा दुवैजनाले आफ्नो कित्ता क्लियर गरिसकेका छन् । थापा वरिष्ठ नेता पौडेल पक्षमा खुल्न थालेका छन् भने शर्मा भने निधिको पक्षमा खुलेका छन् ।

अहिले कांग्रेसको वडा अधिवेशन चलिरहेको छ । तर, कतिपय जिल्लामा अधिवेशन सम्पन्न हुन नसकेपछि कार्यतालिकासमेत पार्टीले संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि कार्यतालिका संशोधन भएको हो । पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ/नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ । त्यस्तै गाउँरनगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उहाँले बताउनुभयो । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्