Logo

सोम पाण्डे मन्त्री बन्दै, माधव नेपालले दिए ‘ग्रिन-सिग्नल’



काठमाडौं, २९ भदौ । सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने अन्तरिम आदेश जारी भएको छ । सोम पाण्डे माधव नेपालका सम्धी हुन् । उनी निर्वाचन आयोगमा सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए ।

तर, आयोगले उनीहरुको सनाखत गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनुपर्ने माग गर्दै उनीहरु अदालत गएका थिए । अदालतले आज उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) नै रोज्न पाउनेगरि अन्तरिम आदेश दिएको छ ।

योसँगै पाण्डे शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा सुरु भएको छ । उनी मन्त्री बन्ने लोभमा मात्रै एमाले छोडेर माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको नेताहरुको टिप्पणी छ । हुन त पाण्डेले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै लामो समय एकताको पहल पनि गरेका थिए ।

तर, उनको पहल निश्कर्षमा पुगेको थिएन । सम्धीसमेत रहेका नेता पाण्डेलाई मन्त्री बनाउनको लागि माधव नेपाल पनि सकारात्मक छन् । प्रधानमन्त्री देउवाले यसै साता सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।

यसको लागि उनले गठबन्धनमा आवछ दलका नेताहरुसँग नामसमेत मागेका छन् । तर, नेताहरुले अहिलेसम्म नाम दिएका छैनन् । अब भने देउवा ढिलो नगर्ने पक्षमा पुगेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्