Logo

कांग्रेसको थप ८ जिल्लामा सदस्यता विवाद टुंगियो



काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले क्रियासिल सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियासिल सदस्यता विवाद टुङ्ग्याएको जनाएको छ ।

क्रियासिल छानबिन समितिका सदस्यहरुसहित नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखकको समन्वयमा सर्वसम्मत रुपमा विवाद समाधान भएको हो । कांग्रेस निर्वाचन समितिले ८ जिल्लाको सदस्यतामा नामावली भने बुझेको छैन् । २० वटा जिल्लाको एकैपटक सदस्यता नामावली बुझ्ने अडान निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले राख्दै आएका छन् ।

अब अन्य जिल्लाका विवाद पनि चाडै समाधान गर्ने पार्टीको तयारी रहेको छ । अझै ९ जिल्लाहरु सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु र डोल्पामा पनि अझै चर्को विवाद रहेको छ । नयाँ शक्ति,संघिय फोरम र डोल्पमा राप्रपाबाट प्रवेश गरेकाहरुको सम्बन्धमा सदस्यता सम्बन्धि विवाद कायमै छ ।

कांग्रेसको २० जिल्लामा अडा अधिवेशन हुन नसके पछि कार्यतालिका नै परिमार्जन गर्नुपरेको हो । अधिवेसन हुन नसकेको २० जिल्लामा असोज ५ गते वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ । पालिकाको अधिवेशन असोज ९ गतेलाई सारिएको छ । यसअघि भदौ २७ गते गर्ने मिति तय भएको थियो ।



प्रतिक्रिया दिनुहोस्