Logo

मदन भण्डारीको हत्या गरिएको थियोः बादल



काठमाडौं, ३१ भाद्र । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको बताएका छन् । उनले मदन-आश्रितको हत्यामा नियोजित उद्देश्य समेत रहेको बताए ।

‘मदन भण्डारीको किन हत्या गरियो ?’ बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘यसका पछाडि राजनीतिक कारण छ ।’ मदन भण्डारी राजतन्त्रको विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो ।

दुर्घटनाका रुपमा मदन भण्डारीको हत्या गरिएको उनको भनाई थियो । बादलले जनताको बहुदलीय जनवादको समेत व्याख्या गर्दै भण्डारीको विचारले कम्युनिस्ट आन्दोलनमा नयाँ जग बसालेको बताए ।

बादलले नेकपा एमालेको विभाजनतर्फ संकेत गर्दै दक्षिणपन्थी धार परास्त भएको बताए । उनले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएर षड्यन्त्र भएको बताए । यसलाई प्रतिक्रान्तिको संज्ञा दिए ।

Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्