Logo

प्रतिपक्ष गैरजिम्मेवार भयो, फेरि पनि संसद् भंग गर्न चाहेको छः नेता ढुंगाना



काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले प्रमुख प्रतिपक्ष नेकपा एमाले गैरजिम्मेवार भएकाले राजनीतिक गतिरोध उत्पन्न भएको आरोप लगाएका छन् । दुई दुई पटक संसद् भंग गरेको एमालेले फेरि पनि संसद् नचलोस् र अराजकता निम्तियोस् भन्ने चाहेको उनले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ढुंगानाले भने, ‘साढे तीन वर्षसम्म हामी पनि प्रतिपक्षमा थियौं । जनताको काम अवरुद्ध नहुने गरी प्रतिपक्षी भूमिका खेलेका थियौं । कहिल्यै संसद् अवरुद्ध गरेका थिएनौं । सत्तापक्षसँग वार्ता गर्दैनौं भनेर बसेका थिएनौं ।

तर अहिले प्रतिपक्ष बनेको दुई महिनामै एमाले गैरजिम्मेवार भएको छ । सहमतिमै नआउने, सभामुखले बोलाएको बैठकमै नजाने भन्ने कुरा सरासर गलत हो । बजेटको गाँठो फुकाउनु प्रतिपक्षको जिम्मेवारी होइन रु जनताको दैनिकी चलाउन प्रतिपक्षको जिम्मा होइन रु एमालेले संसद दुई पटक भंग गर्यो । फेरि पनि संसद् नचलोस् र अराजकता होस् भन्ने चाहन्छ ।’

नेता ढुंगानाले म जे भन्छु, त्यही ठीक हो भन्ने खालको राजनीति हुन नसक्ने बताउँदै वार्ता र संवादका लागि सत्तापक्ष लचिलो बन्न तयार रहेको दाबी गरे । उनले थपे, ‘उसको दुई तिहाइ नजिकको एकलौटी सरकारले के गर्यो त रु हामी आएको त दुई महिना मात्र भयो । तर सरकारलाई यो हदको असहयोगले एमालेको सर्वसत्तावादी चिन्तन देखाएको छ । बजेट रोकिएको छ । प्रतिपक्ष भएर संसद्मा जिम्मेवार भूमिका खेल्नुपर्यो ।’

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद ७७ जिल्लामै समाधान भइसकेकाले महाधिवेशन सुनिश्चित भएको उनले बताए । उनले भने, ‘सबै जिल्लामा समाधान भइसक्यो । अब लिपिबद्ध हुन मात्र बाँकी छ ।’ उनले धनुषाको विवाद पनि समाधान भइसकेको र प्रथम राष्ट्रपति पुत्र डा। चन्द्रमोहन यादवलाई राजनीतिमा नआओस् भनेर कोही नलागेको पनि बताए ।’ उनले भने, ‘प्रथम राष्ट्रपति पुत्रलाई राजनीतिमा आउन नदिने भन्ने कांग्रेसको प्रजातान्त्रिक पार्टीले सोच्न पनि सक्दैन । यो सबै हल्लामात्र हो ।’ उनले अहिलेको सरकारको विकल्प नभएको र पार्टीभित्र कुनै आन्तरिक समस्या नरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्