Logo

संविधान कार्यान्वयनमा अब ईमानदारिताको प्रतिबद्धता चाहिएको छ : रामचन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले नेतृत्व लिएर संविधान जारी गरेको बताएका छन् । उनले संविधान सहमतिको दस्तावेज भएको पनि उल्लेख गरे । उनले संविधान जारी गरेपछि मुलुकलाई स्थायित्व दिने अठोट गरेको पनि सुनाए ।

आज नेपाली रेडियो नेटवर्कको पाँचौ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने हो भने विपन्न, महिला, शोषित वर्गलगायत सबैलाई अधिकार दिन सकिने पनि बताए । संविधान कार्यान्वयन गर्ने निकायमा रहेको प्रमुख व्यक्ति ईमानदार भएर प्रस्तुत हुनुपर्नेमा उनको जोड थियो ।

उनले संविधान बदल्ने भनेर भ्रम नछर्न पनि चेतावनी दिए । उनले भने, जनता ठग्ने नेतालाई अब तह लगाउनुपर्छ । देशलाई अनिर्णयको बन्दी बनाउन हुँदैन् । जनतालाई गलत नारा देखाएर अब बेईमानी गर्न नहुने उनको भनाई छ । उनले मुलुकमा बारम्बारका परीक्षण धान्न नसक्ने पनि बताए । उनले संविधान कार्यान्वयनमा अब ईमानदारिताको सवाल भएको पनि बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्