Logo

७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज



काठमाडौं, असोज ५ । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्न नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ।

यसअघि भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो।

आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्