Logo

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते



काठमाडौं, ६ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।

महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो । प्याब्सन प्रचारप्रसार प्रमुख एवं महर्षी स्कुल सामाखुशीका प्राचार्य निर्मल पौैडेलले दुईवर्षे कार्यकालका लागि शनिबार दोस्रो अधिवेशन हुन लागेको जानकारी दिए ।

यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । दुईवर्षे कार्यकाल रहने उक्त अधिवेशनमा महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिए।

प्याब्सनले महानगरपालिकाभित्रका ३२ वडामा रहेका निजी विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरका बारेमा छलफल चलाउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम